बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता, ३१ कायम

बाग्लुङ | असोज २७, २०७९

बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता, ३१ कायम

बागलुङ : पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ–१ बाट एक जना र २ बाट चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ मा उम्मेदवारी दिनुभएका कृष्णशङ्कर श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता लिनुभएको हो ।

 

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (क) का उम्मेदवार भीमलाल पोखरेल, (ख)का दीपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

 

स्वतन्त्र उम्मेदवार श्रेष्ठको उम्मेदवारी फिर्तासँगै बागलुङ–१ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी कायम रहेको छ ।

 

बागलुङ–१ (क)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हीराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्ररूपमा दीपेन्द्र हमालको उम्मेदवारी कायम छ । 

 

बागलुङ–१ (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाको उम्मेदवारी कायम छ । 

 

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्कीको उम्मेदवारी कायम छ । 

 

बागलुङ–२ (क)मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको उम्मेदवारी कायम छ । बागलुङ–२ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद विक,  स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्तीको उम्मेदवारी कायम छ । मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै बुधबार नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयो ।
 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्